Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यो गठबन्धनले मुलुकलाई निकास दिन सक्दैन, अब कांग्रेस र एमाले मिल्नुपर्छ : शेखर कोइराला

विराटनगर। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांगेस र नेकपा एमाले एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा बोल्दै नेता कोइरालाले देशमा स्थिरता दिन र विकास गर्न कांगेस र एमाले एक ठाउँमा उभिनुपर्ने बताएका हुन् ।

नेता कोइरालाले भने,‘अहिले जुन गठबन्धनहरु चलिरहेको छ नि, एमाले र माओवादीको । यो भन्दा पहिला नेपाली कांग्रेस र माओवादीको । यो गठबन्धनले देशको आर्थिक विकास हुने त कुनैपनि सम्भावना छैन, यस्तो गठबन्धनहरुले।’

उनले अहिलेको गठबन्धनले कुनै निकास नदिने बताए ।  यसअघि पहिलो संविधानसभा निर्वाचनमा चार जना कम्युनिस्ट प्रधानमन्त्री बन्दा पनि संविधान नबनेको कोइरालाले स्मरण गरे ।

तर दोस्रो संविधानसभामा एमाले र कांग्रेस मिलेपछि संविधान बनेको उनले बताए । उनले अहिलेको कोशी सरकार संविधानमा रहेको सरकार गठनको धारा ५ बाट बनेको हो भन्ने हेक्का राख्नुपर्ने बताए ।

कोशी सरकार विघटन भए मध्यावधिमा जाने उनले बताए । अहिले कोशी प्रदेश सरकार अल्पमतमा नरहेको र समर्थन फिर्ता लिएपछि पनि राजीनामा दिने वा नदिने भन्ने कुरा नैतिकताको कुरा रहेको कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077