Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ताइवानमा गयो शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी

एजेन्सी । ताइवानको राजधानी ताइपेमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्र हुलियन सहरबाट करिब १८ किलोमिटर दक्षिणमा पर्दछ । यो भूकम्प पछि पनि साना ठूला परकम्पहरु आउने क्रम जारी छ ।

भूकम्पपछि ताइपेका केही स्थानमा विद्युत आपूर्ति बन्द भएको छ । भूकम्प गएलगत्तै छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077