Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती प्रदेशमा एमालेका चार मन्त्रीले लिए शपथ

हेटौंडा । बागमती प्रदेशमा नेकपा एमालेबाट नियुक्त भएका चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेशका नवनियुक्त ४ मन्त्रीलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेल जम्कट्टेलले एमालेबाट एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव प्रसाद पोखरेल र प्रकाश श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए।

मुख्यमन्त्री जम्कट्टेलले प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, केशव पोखरेललाई वन तथा वातावरण मन्त्रालय, एकालाल श्रेष्ठलाई खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

यसअघि सोमबार राती मात्र एकीकृत समाजवादीबाट रमा आले मगर मन्त्री नियुक्त भई मंगलबार बिहान शपथ ग्रहण गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077