Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमतीमा नेकपा एसकी सांसद रमाले लिइन् मन्त्रीको शपथ

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री रमा आले मगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

नेकपा एकीकृत समाजवादीकी सांसद आलेले मंगलवार विहान विनाविभागीय मन्त्रीको शपथ लिएकी हुन्।

उनलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका हुन्। मन्त्री आलेलाई एक हप्ताभित्रै जिम्मेवारी दिने मुख्यमन्त्री जम्मकट्टेलले प्रतिबद्धता गरेका छन्।

चन्द्रागिरी नगरपालिकाकी रमा काठमाडौं–१० ‘ख’ बाट प्रत्यक्ष निर्वाचित भएकी हुन् ।

मुख्यमन्त्री जम्कट्टेलले नयाँ सत्ता समीकरणअनुसार बागमतीमा तेस्रो पटक सरकार विस्तार गरेका हुन् । नेकपा एमालेले नेपाली कांग्रेसले छोडेका ६ वटा मन्त्रालयमध्ये ५ वटामा दाबी गरेको छ।

रिक्त ६ वटा मन्त्रालयमध्ये हाम्रो नेपाली पार्टीका बज्राचार्य र नेकपा एसका आलेले विनाविभागीय मन्त्री बने सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077