Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले भने - चुनाव नजिते चकटीमै बसौंला तर गठबन्धन गर्दैनौं

दाङ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा गठबन्धन नगर्ने बताएका छन्।

‘समुदायमा कांग्रेस’ संवाद यात्राका क्रममा दाङ पुगेका महामन्त्री थापाले यस्तो बताएका हुन्।

उनले कांग्रेसका मतदाताले आगामी चुनावमा रूखबाहेक अन्त भोट हाल्नुनपर्ने बताए।

महामन्त्री थापाले भने,‘अबको चुनावमा नेपाली काँग्रेसका कुनैपनि मतदाताले कलम, गिलास, हँसिया हथौडामा भोट हाल्नु पर्दैन। सके चुनाव जितौंला नसके केही छैन बरु चकटीमै बसौंला। '

गठबन्धनको प्रवृत्तिले देशमा लोकतन्त्रलाई विकृत बनाएको बताउँदै महामन्त्री थापाले बरू गठबन्धन नगर्दा चुनाव हारे पनि त्यसलाई सहर्ष स्वीकार्ने बताए।

महामन्त्री थापाले त्यसका लागि बरू पार्टीभित्र अभूतपूर्व एकताको खाँचो औँल्याए।

पार्टीभित्र अभूतपूर्व एकताको सुनिश्चितता गरी सुस्ताएको समाजलाई सम्हाल्न जरूरी त्यसका लागि एउटा ठूलो तागतपनि चाहिएको उनले उल्लेख गरे ।

महामन्त्री यतिखेर मुलुकको सबैभन्दा ठूलो समस्या समाजले गुमाएको आत्मविश्वास जगाउनु रहेको र त्यो काम काँग्रेसले गर्नसक्ने र गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077