Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म इलामको अकबरे र अर्थोडक्स चियाको उम्मेदवार हुँ : मिलन लिम्बु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम २ मा उम्मेदवारी घोषणा गरेका मिलन लिम्बुले आफू स्थानीय उम्मेदवार रहेकोले निर्वाचित हुने दाबी गरेका छन्।

इलामको चोक बजार लाँकुरी चौतारामा रास्वपाले गरेको उम्मेदवार सार्वजनिक कार्यक्रममा बोल्दै लिम्बुले यस्तो बताएका हुन् ।

उनले इलामको माटोमा जन्मिएको बताउँदै इलामको माटोको टिका लगाएर संसद् भवन छिर्ने बताए । लिम्बुले आफू इलामको अकबरे, अदुवा र अर्ग्यानिक अर्थोडक्स चियाको उम्मेदवार रहेको उल्लेख गरे ।

लिम्बुले भने,‘इलामको माटोको टिका लगाएर संसद् भवन छिरेर इलामेली जनताको नयाँ सम्भावनाको ढोका खोलेर इलामलाई स्वर्गभन्दा सुन्दर बनाउने प्रतिबद्धता जनाउन चाहन्छु ।’

उनले आफूले पहिचानको मुद्दा उठाउने गरेको प्रति त्यसलाई पार्टीले सम्मान गरेर जाने दाबी गरे । पहिचानलाई निश्चित जाती, क्षेत्रलाई मात्र नलिई सबैको पहिचानलाई सम्मान गरेर अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077