Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हानेपाबाट बागमती सरकारमा मन्त्री बन्दै बज्राचार्य

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाली पार्टी (हानेपा)का शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

अहिले बागमती प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहणको तयारी भइरहेको छ । यस अघिको गठबन्धनमा यो मन्त्रालय नेपाली कांग्रेसको भागमा थियो ।

कांग्रेसको तर्फबाट पुकार महर्जन मन्त्री बनेका थिए ।बज्राचार्यले साँझ साढे ६ बजे शपथ लिने कार्यक्रम तय भएको छ ।

२ सिट भए पनि बागमती प्रदेशसभामा यो पार्टीको भूमिका निर्णायक छ । हानेपा सरकारमा सहभागी हुँदा अहिलेको सत्ता गठबन्धनसँग बहुमत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077