Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूतबीच भेट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ।

बुधबार बिहान राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा नेपालमा नास्तिकता फैलाउन अमेरिकाको लगानी र भूमिका सम्बन्धी विषयमा अध्यक्ष लिङ्देनले जिज्ञासा राखेको राप्रपाले जनाएको छ ।

राजदूत थम्पसनले नेपालमा नास्तिकता फैलाउन अमेरिकाले कुनै लगानी नगरेको र गर्ने नीति पनि नरहेको जानकारी गराएका थिए ।

राजदूत थम्पसनले अमेरिकी सहयोग नेपालको विकास र सीमान्तकृत समुदायको उत्थानमा केन्द्रित रहेको बताए ।

भेटका अवसरमा अध्यक्ष लिङदेनले सरकारलाई ४० बुँदे माग पेश गरेको र काठमाडौं केन्द्रित प्रदर्शनको तयारीमा रहेको जानकारी राजदूत थम्पसनलाई गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077