Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राज्यव्यवस्था समितिको बैठक बस्दै, गृहमन्त्री लामिछाने पनि सहभागी हुने

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै छ ।

राज्य व्यवस्था तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

सिंहदरवारमा बस्ने दुवै समितिका बैठक बिहान ११ बजे सुरु हुनेछन् । सुशासन समितिको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाइएको छ ।

बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको बताइएको छ ।

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्य योजना लगायत विविध विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077