काठमाडौं । नेपाली कांग्रेसले गैरसरकारी संस्था समन्वय विभागको सदस्यमा १० जनालाई मनोनीत गरेको छ ।
सभापति शेरबहादुर देउवाले पार्टीले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा रणबहादुर रावल प्रमुख रहेको विभागमा आज १० सदस्य मनोनीत गरेका हुन् ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार विभागमा डिल्लीराम गिरी, परमेश्वर महासेठ, सकुन्दराज आर्याल, प्रह्लादबाबु पन्त, यज्ञश्वर पौडेल, चूर्णबहादुर चौधरी, भैरवबहादुर विष्ट, तिलकबहादुर मल्ल, अम्बिकुमारी थापा र उत्तमराज जोशी मनोनयन भएका छन् ।
हेर्नुहोस् प्रेस विज्ञप्ति :
Leave a Reply