बुटवल । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री नै गृहमन्त्रीलाई जोगाउने प्रपञ्चमा लागेको बताएका छन् ।
स्व. गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवसको अवसरमा जीपी कोइराला स्मृति प्रतिष्ठान रुपन्देहीको भवन शिलान्यास कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री रवि लामिछानेलाई जोगाउनतिर लागेको बताएका हुन् ।
सङ्क्रमणकालीन न्याय सम्बन्धित टीआरसीलाई राजनीतिक लेनदेनको विषय बनाउन नहुने स्पष्ट पारे ।