Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • मधेश सरकारले दिंदै आएको सुराकी खर्च कटौती

    मधेश सरकारले दिंदै आएको सुराकी खर्च कटौती

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 543
    SHARES

    जनकपुरधाम । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सुराकीको नाममा मन्त्री र सचिवलाई दिंदै आएको खर्च कटौतीको निर्णय गरेको छ ।

    सुराकी खर्च बुझ्नेमा मन्त्री र सचिव नै भएपछि मधेश प्रदेश सरकारले मंगलबार सुराकी खर्च नै खारेज गरिदिएको हो ।



    एमालेबाट भौतिक पूर्वाधार तथा विकास मन्त्रीको कार्यभार सम्हालेको सरोजकुमार यादवलाई गृह तथा सञ्चार मन्त्रालयको पनि जिम्मेवारी तोकिएको छ।

    गृह मन्त्रालयको कार्यभार सम्हाल्न मंगलबार मन्त्रालय पुगेका मन्त्री यादवले सुराकी खर्च खारेज गर्ने नै पहिलो निर्णय गरेका हुन् ।

    मधेश प्रदेश सरकारले ०७५ जेठ १० गते सुराकी खर्च बाँड्ने निर्णय गरेको थियो ।

    मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले छुट्टयाएको सुराकी खर्च मन्त्री, राज्यमन्त्री र सचिवले आफूखुशि बुझ्दै आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार