Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री रवि र अर्थमन्त्री पुनको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

काठमाडौं । विपक्षी दल नेपाली कांग्रेसनिकट नेविसंघले गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनको राजीनामा माग्दै प्रदर्शन गरेको छ ।

बुधबार राजधानीस्थित नेपाल ल क्याम्पसबाट जुलुस निकाल्दै नेविसंघका कार्यकर्ताहरूले मन्त्रीद्वयको राजीनामा मागेका हुन् ।

सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेको नैतिकतामाथि प्रश्न गर्दै उनको राजीनामा माग गरिएको हो।

त्यस्तै, अर्थमन्त्री पुन सुन प्रकरणमा मुछिएको भन्दै छानबिनको माग गरेको छ ।

उनीहरूले गृहमन्त्री लामिछाने सहकारी ठगी र अर्थमन्त्री पुन सुन तस्करीमा संलग्न रहेको भन्दै तत्काल राजीनामा दिनुपर्ने र छानबिनको माग गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077