Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्च अदालतबाट हतियारसहित दुर्गा प्रसाईंका बडीगार्ड पक्राउ

काठमाडौं । सर्वोच्च अदालत परिसरबाट एक जना हतियारसहित पक्राउ परेका छन् ।

सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेका झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्कालाई प्रहरी पक्राउ गरेको हो ।

स्रोतका अनुसार खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्ड रहेको बताईएको छ । सर्वोच्च अदालतमा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ ।

प्रहरीले उनको साथबाट एउटा बन्दुक पनि बरामद गरेको छ । प्रसाईँका निजी सुरक्षा गार्डको साथबाट हतियार र १०० राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।

खड्काको साथबाट जीएसजी ५ जर्मन सेमि अटोमेटेड हतियार बरामद भएको प्रहरी स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077