Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधिसभामा पेस

    अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधिसभामा पेस

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 450
    SHARES

    काठमाडौं । प्रतिनिधिसभामा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता पेस भएको छ ।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौता पेस गरेका हुन् ।



    सम्झौता संसद्मा पेश गर्दै मन्त्री बस्नेतले सौर्य ऊर्जा प्रविधि प्रयोग गरी सदस्य राष्ट्रहरुमा ऊर्जा पहुँच बढाउन ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तन कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासमा स्थापित आईएसएसँग सम्बन्धित करार सम्झौता भएको जानकारी दिए ।



    उनले यो सम्झौताबाट नेपाललाई पनि फाइदा हुनसक्ने देखि उक्त सम्झौतामा नेपालले पनि हस्ताक्षर गरिसकेकोले आईएसएको सम्झौताको अनुमोदन गर्न संघीय संसद्मा पेश गर्ने प्रयोजनको लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट २०८० वैशाख १९ मा स्वीकृत भएको बताए ।

    मन्त्री बस्नेतले प्रतिनिधिसभा नियमावली, २०७९ को निमय २२५ बमोजिम अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता संघीय संसद् प्रतिनिधिसभा समक्ष प्रस्तुत गरेका हुन् । उक्त सम्झौता अब सभाबाट पारित हुनुपर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार