Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोशी र लुम्बिनीको नाम परिवर्तन गर्न आन्दोलन गर्ने जनमतको निर्णय

काठमाडौं । जनमत पार्टीले कोशी र लुम्बिनीको नाम परिवर्तन गर्न आन्दोलन गर्ने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष सीके राउतको अध्यक्षतामा दुई दिन वीरगंजमा बसेको जनमत पार्टीको केन्द्रीय समितिले कोशी र लुम्बिनीको नाम परिवर्तन गर्न आन्दोलन गर्ने निर्णय गरेको हो ।

प्रदेश १ मा चलिरहेको पहिचान आन्दोलनको मर्म बमोजिम पहिचानसहितको प्रदेश सीमाकंन तथा नामाकंन गर्न आन्दोलनको नेत्तृत्व गर्ने निर्णय गरिएको बताइएको छ ।

साथै मधेश थरूहट आन्दोलनको मर्म बमोजिम लुम्बिनी प्रदेशको सीमाकंन तथा नामाकंन परिवर्तन गराउन नेत्तृत्व गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077