Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनको कटाक्ष - नयाँ मन्त्रीज्यूले सबै पुरानो फाइल खोल्दै गोजी भरेर निस्किनुपर्ने छ रे !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ मन्त्रीहरूले सबै पुराना फाइल खोल्दै गरेको आफूले सुनेको भन्दै कटाक्ष गरेका छन् ।

शनिबार बेलुका सामाजिक सञ्जालमार्फत उनले यस्तो कटाक्ष गरेका हुन् ।

उनले आफू वर्तमान सरकारप्रति आशावादी रहेको समेत बताए । साथै उनले आफूले सुनेका हल्ला गलत होस् भन्ने कामना गरे ।

“नयाँ मन्त्रीज्यूहरूले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे, टाइम कम छ, हिसाब किताब गरेर, गोजी भरेर निस्किनुपर्ने छ रे ! सरकार जति दिन टिक्छ !!,” उनले लेखेका छन्, “स्वास्थ्य मन्त्रालयमा भएको एउटा भाइ डाक्टरसाबको कुरा ! मैले सुनेको कुरा गलत होस् ! म आशावादी छु सरकारप्रति !”

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077