Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस सांसद कान्तिकाको व्यंग्य - माओवादी नेताहरुमाथि सुनको जलप लाग्यो

काठमाडौं । नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले माओवादीका नेता र परिवारका व्यक्तिमाथि सुनको जलप लागेको बताएकी छिन्।

शुक्रवार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद कान्तिकाले यस्तो व्यंग्य गरेकी हुन् ।

सांसद कान्तिकाले भनिन्,‘अहिले जताततै सुनको काण्डको चर्चा छ । सरकारको नेतृत्व गरिरहेको माओवादीकै थुप्रै नेता र उनका परिवारमाथि सुनको जलप लगाइसकिएको छ । उहाँहरू सुनले पहेंलपुर हुनुभएको छ । हुँदाहुँदा अर्थमन्त्रीको नाम पनि सुन प्रकरणमा जोडिएको छ ।’

उनले माओवादीका नेताहरू सुनले पहेंलपुर भएको बताईन् । साथै उनले विवादित व्यक्तिको हातमा सुशासनको भण्डार जिम्मा लगाएकोमा पनि आपत्ति जनाइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077