Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सांसद पौडेलले मागे गृहमन्त्रीको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले नैतिकताको आधारमा लामिछानेले राजीनामा दिनुपर्ने बताएका हुन्।

सांसद पौडेलले भने, 'आफूमाथि प्रश्न बोकेर आफू गृहमन्त्री हुन हुँदैनथ्यो। प्रधानमन्त्रीले प्रश्न भएको मान्छेलाई गृहमन्त्री बनाउन हुँदैनथ्यो। सहकारी ठगी सम्बन्धी अनुसन्धान भइरहेको व्यक्ति सरकारको मुख्य प्रमुख हुँदा पीडितहरूको काम कसरी पूरा हुन्छ ? '

कांग्रेसले गृहमन्त्री लामिछाने स्वयं प्रश्नको घेरामा रहेको व्यक्ति भन्दै उपयुक्त जवाफ प्राप्त नहुँदासम्म विधेयक पेस गर्न नदिने अडान लिएको छ ।

सांसद पौडेलले गृहमन्त्री लामिछाने प्रश्न र अनुसन्धानको घेरामा रहेको बताए ।

अनुसन्धानमा रहेको घेरामा रहेका व्यक्तिले अनुसन्धानकै नेतृत्व गर्ने थलोको जिम्मेवारी दिनु उचित नहुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077