Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्तालाई सुरक्षा कबजका रुपमा प्रयोग नगर्नू, गल्ती सच्याउँछु भन्दा नपाउने परिस्थिति आउन सक्छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री सत्तालाई आफ्नो सुरक्षा कबजका रुपमा प्रयोग नगर्न पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । अध्यक्ष लिङ्देनले नयाँ गठबन्धन स्वार्थको गठजोड भएको बताए ।

अध्यक्ष लिङ्देनले भने,‘त्यो सत्ता निर्माण हुँदा गरेको ८ बुँदे, ७ बुँदेबाट पनि त्यही कुरा देखिन्छ,’ उनले भने, ‘देश, जनताको वर्तमान परिस्थितिलाई केन्द्रमा राखेर यो सरकार बनेको होइन ।सत्तालाई आफ्नो सुरक्षा कबजका रुपमा प्रयोग गर्ने उद्देश्यद्धारा गठबन्धन बनेको हो ।यहाँसम्म तानेर आइपुग्नु भएको छ । म फेरि पनि भन्छु, प्रधानमन्त्रीको जीवनको अन्तिम गल्ती यो नहोस् ।कहिलेकाहीँ गल्ती यस्तो हुन्छ, फेरि सच्याउँछु भन्दा सच्याउने मौका हुँदैन । त्यस्तो नहोस् ।’

अघिल्लो वर्ष छोटो समय सत्तामा सहकार्य गर्दा प्रधानमन्त्रीले चाल फेर्न लागेको थाहा पाएपछि आफूले जीवनको अन्तिम गल्ती पनि हुनसक्छ भनेको उनले स्मरण गरे ।

राप्रपा सत्ता केन्द्रित चलखेलमा सहभागी नहुने र प्रधानमन्त्रीलाई विश्वासको मत पनि नदिने लिङ्देनले प्रष्ट पारे ।

कुनै दल वा नेता बदनाम होस् भन्ने आफूले नचाहेको तर, समाजमा नेताहरुप्रति विश्वास मर्दै गएको उनले सुनाए । सत्तामा नमिल्नासाथ अछूत जस्तो गर्ने, मिलेपछि महान मान्ने प्रवृत्तिले यसलाई अझ बढाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077