Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादी र कांग्रेसको गठबन्धन टुटेपछि गालीको उद्योग बन्द भयो : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले माओवादी केन्द्र र कांग्रेसको गठबन्धन टुटेपछि गालीको कुटिर उद्योग बन्द भएको बताएका छन् ।

कांग्रेसको तर्फबाट विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको विपक्षमा बोल्दै राजनीतिमा सभ्य भाषाको प्रयोग हुनुपर्ने धारणा राखे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै महामन्त्री शर्माले भने, 'राजनीतिमा तिक्त आलोचना गर्ने र गालीको कुटिर उद्योग चलाउने जुन चलन थियो नि, यो गठबन्धन टुटिसकेपछि त्यो गालीको कुटिर उद्योग बन्द भएको अवस्था छ, लोडसेडिङमा परेको अवस्था छ तत्कालका लागि ।'

राजनीतिमा होच्याउने र मानमर्दन गरेर बोल्न नहुने शर्माको भनाइ थियो । माओवादी पनि ३२ सिट जनताबाट निर्वाचित भएर आएको हेक्का राख्नुपर्ने र राजनीतिमा त्यस्तो भाषा बोल्दा ख्याल गर्नुपर्ने पनि शर्माको भनाइ थियो ।

त्यस्तै, विगतमा ओलीले हाल राष्ट्रिय सभा अध्यक्ष भएका नारायणप्रसाद दाहालबारे दिएको अभिव्यक्तिलाई लिएर पनि शर्माले आलोचना गरे । त्यतिबेला राष्ट्रपतिबाट दाहाललाई राष्ट्रिय सभामा मनोनीत गरेकोमा आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077