Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१५ हजार घुससहित वैदेशिक रोजगार विभागका कर्मचारी रंगेहात पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वैदेशिक रोजगार विभागमा कार्यरत कर्मचारीलाई घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको छ ।

अख्तियारको टोलीले विभागका कर्मचारी प्रमोद निरौलालाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो।

सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिँदै गर्दा उनी पक्राउ परेको अख्तियारले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077