Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सात हजार घुससहित पक्राउ परेका सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले ७ हजार रुपैयाँ घुससहित पक्राउ परेका बाँकेको सव-डिभिजन वन कार्यालय, राँझामा कार्यरत अधिकृत पार्धे नारायण पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार पार्धेले काठ चिरानका लागि सिफारिश गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएका थिए ।

उनलाई विशेष सूचनाका आधारमा आयोगको सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले ७ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

आयोगले ७ हजार रुपैयाँ बिगो कायम गरेर सोही बमोजिमको जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077