Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीके नेतृत्वको जनमतले उपनिर्वाचनमा उम्मेदवार उठाउने

काठमाडौं । जनमत पार्टीले उपनिर्वाचनमा उम्मेदवार उठाउने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय बानेश्वरमा बसेको सचिवालयको बैठकले इलाम-२ मा १५ वैशाखमा हुने प्रतिनिधिसभाको र बझाङ-१ मा हुने प्रदेशसभाको उपनिर्वाचनमा उम्मेदवार उठाउने निर्णय गरेको हो ।

बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने र सरकारलाई पनि समर्थन नदिने निर्णय गरेको छ।

यस्तै सप्तरीमा गत ८ माघमा भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदन छलफल गरी निर्देशित प्रक्रिया अघि बढाउने निर्णय पनि जनमत पार्टीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077