Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२० हजार घुससहित दुई प्रहरी अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित दुई प्रहरीलाई पक्राउ गरेको छ ।

अख्तियारले प्रहरी चौकी कान्तिबजार महोत्तरीका इन्चार्ज असई शर्माप्रसाद यादव र वरिष्ठ प्रहरी हवल्दार मन्जित कुमार झालाई घुससहित पक्राउ गरेको हो ।

सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा महोत्तरीको गौशाला नगरपालिका-१२ स्थित गैरीटोलबाट उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

महोत्तरी जिल्ला अदालतबाट भएको फैसलाको कार्यान्वयन नगर्न छलफल गराउने भन्दै सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा बर्दिबासबाट खटिएको टोली उनीहरूलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

उनीहरूमाथि थप अनसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077