Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई कांग्रेसको ह्वीप

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सोमबार ह्वीप जारी गर्दै विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान सांसदहरुलाई निर्देशन दिएका हुन् ।

आफ्ना सांसदहरुलाई फागुन ३० को प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थिति हुन कांग्रेसले निर्देशन दिएको छ ।

नयाँ सत्ता समीकरण बनेपछि सरकारबाट बाहिरिएको कांग्रेसले बिहीबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री प्रचण्डले पर्सि ३० गते विश्वासको मत लिने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077