Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साइकल यात्रीलाई ठक्कर दिएपछि स्थानीयले जलाए बस

सर्लाही । सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएको बसलाई स्थानीयले जलाइदिएका छन् ।

मलंगवातर्फ जाँदै गरेको ग२ख १४४० नम्बरको बसले कविलासी नगरपालिका-१० सलेमपुरमा स्थानीय जुगल महतोलाई साढे १० बजेतिर ठक्कर दिएको हो ।

महतो गम्भीर घाइते भएपछि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो तर सामान्य उपचारपश्चात काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि आक्रोशित स्थानीयले बसमा आगो लगाइदिएका छन् ।

आगजनीबाट बसमा पूर्णरुपले क्षति पुगेको छ ।बसका चालक प्रहरीको नियन्त्रणमा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077