काठमाडौँ । बसको ठक्करबाट घाइते भएका प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपचारको क्रममा माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा उनको आज मृत्यु भएको हो ।
काठमाडौँको कोटेश्वरमा फागुन २० मा जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट सई खत्री घाइते भएका थिए ।
दुर्घटना गराउने बसका चालक नवराज गिरी प्रहरी नियन्त्रणमा छन् । उनीमाथि प्रहरीले ‘सवारी ज्यान’ सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ ।
Leave a Reply