Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पदाधिकारीमाथि आक्रमण हुनु अपराधिक घटना हो, कारबाही हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठ माथि आक्रमण हुनु अपराधिक घटना भएको प्रतिक्रिया दिएका छन् ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

आइतबार पार्टी कार्यालयमा पार्टीको बैठक चलिरहँदा केही युवाहरुको समूहले अध्यक्ष लिङ्देनकै कार्यकक्षभित्र श्रेष्ठमाथि हातपात गरेका थिए ।

अध्यक्ष लिङ्देनले पार्टी कार्यालयभित्र पार्टीको पदाधिकारीमाथि आक्रमण हुनु अपराधिक घटना भएको बताउँदै पार्टीले दोषीउपर कारबाही हुनुपर्ने निर्णय गरेको पनि जानकारी दिए ।

उनले पार्टीले अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने निर्णय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077