Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सरकार बनाउने धन्दामा छैन : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टी सरकार बनाउने धन्दामा लाग्न नहुने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । उनले अहिले बनेको नयाँ गठबन्धनलाई काम गर्न दिएर कांग्रेस सशक्त प्रतिपक्ष बन्नुपर्ने बताए ।

आफूहरुले सभापति शेरबहादुर देउवालाई पनि केही समय पर्खिन आग्रह गरेको महामन्त्री शर्मालको भनाइ छ ।

महामन्त्री शर्माले भने,‘हामीले सभापतिज्यूलाई भनेका छौं । अहिले केही समय पर्खनुस् । यो गठबन्धन जे बनेको छ, यो गठबन्धनले काम गर्ने अवसर पाओस्।’

महामन्त्री शर्माले अब नागरिकले पनि कांग्रेसलाई सरकारको धन्दामा नलाग्न खबरदारी गर्नुपर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बाट धोका खानेहरु एक ठाउँमा आउने वातावरण बन्न सक्ने भन्दै महामन्त्री शर्माले अहिले हतार गर्न जरुरी नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077