Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री लामिछानेलाई विश्वप्रकाशको प्रश्न - सहकारी ठगीको छानबिन के हुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीको छानबिन के हुन्छ भन्दै प्रश्न गरेका छन् ।

नेपाल शिक्षक संघको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले अघिल्लो गृहमन्त्रीले निर्देशन दिएको सहकारी ठगीको छानबिन गर्ने निर्देशन कार्यान्वयन हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका हुन्।

महामन्त्री शर्माले अभियोग लागिसकेपछि कोही मान्छे मन्त्रिपरिषद्मा बस्न पाइँदैन भन्नेहरू नै सरकारमा गएको भन्दै आलोचना गरे।

महामन्त्री शर्माले भने,'प्रधानमन्त्रीको कदमले गलत प्रवृत्तिलाई प्रश्रय दिनुभएको छ । यो भन्दा अघि संसद्मा बालकुमारी घटनादेखि अख्तियारमा बयान दिएकाहरूले छाड्नुपर्छ भनेर भन्नुहुन्थ्यो । उहाँहरूको भनाइ अभियोग लागिसकेपछि कोही मान्छे मन्त्रिपरिषद्मा बस्न पाइँदैन भन्ने थियो । तर अहिले मन्त्रीपरिषद्मा केही अभियोग र आरोप लागेका, मुद्दा परेकाहरू हुनुहुन्छ कि हुनुहुन्न । अघिल्लो गृहमन्त्रीले सहकारीमा ठगी भयो, सूर्यदर्शनदेखि कुन कुन सहकारीमा अर्बौँ ठगी भयो भनेर छानबिन गर्न अघिल्लो गृहमन्त्रीले निर्देशन दिनुभयो। त्यो निर्देशन कार्यान्वयन गराउने अवस्थामा वर्तमान गृहमन्त्री हुनुहुन्छ कि हुनुहुन्न ।'

उनले अघिल्लो सरकार हुँदा संसद्मा विरोध गर्नेहरूसँगै भएर अहिले कस्तो खालको प्रवृत्ति विकास गर्नु खोजेको भन्दै प्रश्न गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077