Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जग्गाको गलत सिफारिस दिने वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको पचरौता नगरपालिका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सडकले छोएको जग्गालाई नछोएको भनी सिफारिस दिएको आरोपमा पचरौता नगरपालिका-४ का वडाध्यक्ष कन्हैयालाल यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

यादवले साविक बेलदारी गाविस-४ को कित्ता नम्बर १७३ को सडकले छोएको जग्गालाई नछोएको भन्दै सिफारिस दिएको अख्तियारको आरोप छ ।

वडाध्यक्षको सिफारिसका कारण उक्त जग्गा खरिदकर्ता र बिक्रीकर्ताले तिर्नुपर्ने रजिस्ट्रेसन शुल्क र पुँजीकर लाभकर वापत राज्यकोषमा ८ लाख ११ हजार ९५१ रुपैयाँ घाटा भएको अख्तियारले जनाएको छ ।

अख्तियारले वडाध्यक्ष यादव, जग्गा बिक्रीकर्ता विद्या यादव र खरिदकर्ता बृजकिशोरप्रसाद यादव र अवध किशोर यादविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077