Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपालाई नयाँ गठबन्धनमा लिँदैनौँ भन्ने कुरा नोटिसमा छ : राजेन्द्र लिङ्देन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ गठबन्धनले राप्रपालाई लिँदैनौँ भनेको विषयलाई नोटिसमा राखेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले आफूहरूले सरकारमा नजाने भन्दा भन्दै जान खोजेजस्तो बनाएर भ्रम छरेको बताएका हुन्।

अध्यक्ष लिङ्देनले भने,'कतिपय साथीहरूलाई भ्रम भयो राप्रपा पनि यो सरकारमा सहभागी हुन इच्छुक थियो भन्ने । उसले पनि प्रयास गरेको भन्ने अर्थ लगाइयो। कतिपय साथीहरूले उत्साहका साथ भन्नुभयो हामीले राप्रपालाई नलिने भनेर । त्यसलाई हामीले नोटिसमा राखेका छौँ। हामीले यो सत्ताको चलखेलमा सामेल हुँदैन भनिसकेपछि यो विषय आयो राप्रपाले सहभागी हुन खोजेर पनि नपाएको भन्ने कुरा भ्रम नरहोस्। तपाईँको गठबन्धनले पर्सि नै यो राप्रपालाई खोज्ने दिन नआओस्।'

उनले देशको अवस्था ठिक नभएको भन्दै अब नयाँ व्यवस्थामा जानुपर्ने बताए। अहिलेको व्यवस्थाकै कारणले देशको अवस्थामा बिग्रिएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077