Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिममा एकीकृत समाजवादीका मन्त्री शाही पनि बर्खास्त

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा रहेका एकीकृत समाजवादीका मन्त्री नरेशकुमार शाहीलाई हटाएका छन् ।

बदलिएको राजनीतिक समीकरणपछि केन्द्रमा समाजवादीले नयाँ सत्ता गठबन्धनमा सहभागी भएसँगै यहाँ समाजवादीबाट मन्त्री बनेका शाहीलाई बर्खास्त गरिएको हो ।

मन्त्रिपरिषद्को हेरफेर र कार्याविभाजन गर्दै मुख्यमन्त्री शाहले आर्थिक मामिला मन्त्रालय आफू मातहत राखेको प्रमुख प्रमुख देवराज जोशीले प्रेषित पत्रमा उल्लेख छ ।

समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएसँगै कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

मुख्यमन्त्रीले दुई दिनअघि माओवादी केन्द्रका सामाजिक विकासमन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र सोही मन्त्रालयकी राज्यमन्त्री गीता माललाई हटाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077