Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सडक नै नभएको ठाउँमा पुल हाल्‍ने तीन कर्मचारीले पाए सफाइ

काठमाडौं । सडक नै नभएको ठाउँमा पुल हालेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेका ३ कर्मचारीले विशेष अदालतबाट सफाइ पाएका छन्।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टा, प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुंगानाले अदालतबाट सफाइ पाएका हुन् ।

गोरखा नगरपालिकाको वडा नम्बर ३ र सिरानचोक गाउँपालिका– ५ जोड्ने जरेवरस्थित दरौँदी खोलामा खोलामा बद्नियतपूर्वक पुल हालिएको अभियोगमा उनीहरुमाथि अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

सडक नै नभएको ठाउँमा ५ करोड ३९ लाखमा निर्माण गरिएको ५० मिटर लामो पुल बनाइएको अभियोगमा अख्तियारले राज्यको सम्पत्तिको दुरुपयोग गरेको आरोप लगाएको थियो ।

खोला नै नभएको ठाउँमा पुल बनाएको भन्दै कर्मचारीमाथि अख्तियारले मुद्धा चलाउँदै सोही क्षेत्रबाट चुनाव जितेर मन्त्री बनेका तत्कालीन भौतिक पूर्वाधार मन्त्रालयलाई भने अख्तियारले उन्मुक्ति दिएको थियो ।

काल्पनिक डीपीआर बनाएर पुलको स्थान र डिजाइनसमेत परिवर्तन गरी कानुनबिपरीत पुल हालिएको भन्दै अख्तियारले गत साल फागुनमा विशेष अदालतमा मुद्धा हालेको हो ।

उनीहरुले ५ करोड ४५ लाख ५२ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले आरोप थियो ।

राज्यको सम्पत्ति औचित्य नभएको स्थानमा खर्च गर्न आफ्नो ओहोदाको दुरुपयोग गरेर भ्रष्टाचार गरेको भन्दै ५ करोड ४५ लाख बिगो कायम गरी कैद र जरिवानासहित हानिनोक्सानी भएको बिगो सचिव मरहट्टाबाट असुल उपर गर्न अख्तियारले मागदाबी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077