Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • भारतबाट नक्कली प्रमाणपत्र ल्याइ प्राध्यापकको नियुक्ति लिने शर्माविरुद्ध मुद्दा दायर

    भारतबाट नक्कली प्रमाणपत्र ल्याइ प्राध्यापकको नियुक्ति लिने शर्माविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 879
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीका एक स्थायी शिक्षकविरुद्ध नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा मुद्दा दायर गरेको छ।

    अख्तियारले श्री केरवानी माध्यमिक विद्यालयका स्थायी शिक्षक दुर्गादत्त शर्माविरुद्ध नक्कली प्रमाणपत्रसम्बन्धी आरोप–पत्र दायर गरेको हो।



    आयोगका प्रवक्ता नरहरि घिमिरेले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी विश्वविद्यालयक अनुदान आयोगबाट वार्षिक रुपमा नियमित अनुदान लिने क्याम्पसको सहायक प्राध्यापक पदमा नियु्क्त भएको पुष्टि हुन आएकाले शिक्षक शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको बताए।



    देवदह नगरपालिका वडा नम्बर– ५ मा सञ्चालित उक्त विद्यालयका शिक्षक शर्माले स्नातकोत्तर (एमए) तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी देवदह आदर्श बहुमुखी क्याम्पसको सहायक प्राध्यापक पदमा नियुक्ति लिएर कार्यरत रहँदै आएका थिए ।

    शिक्षक शर्माले भारतको गोरखपुर विश्वविद्यालयबाट नक्कली शैक्षिक लब्धाङ्क पत्र र प्रमाणपत्र ल्याएको पाइएको अख्तियारका प्रवक्ता घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    ‘शिक्षक शर्माले भारतको गोरखपुर विश्वविद्यालयबाट एमए तह उत्तीर्ण गरेको नक्कली शैक्षिक लब्धाङ्क पत्र र प्रमाणपत्रहरू पेश गरी विश्वविद्यालय अनुदान आयोगबाट वार्षिक रुपमा नियमित अनुदान लिने क्याम्पसको सहायक प्राध्यापक पदमा नियुक्त भएको पुष्टि हुन आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम सजाय हुन मागदाबी लिई बुधवार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार