Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती सरकारबाट बाहिरिँदै कांग्रेस

मकवानपुर । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै बागमती प्रदेश सरकारबाट कांग्रेस बाहिरिने भएको छ ।

प्रदेश सरकारमा बसिरहनु उचित नभएको भन्दै कांग्रेसका मन्त्रीहरु राजीनामा दिन लागेका हुन् ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारका अनुसार बागमतीमा बुधबार सरकार छाड्ने तयारी भएको हो ।

सोही अनुसार कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी भएको उनले बताए । प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री समेत रहेका चित्रकारले मन्त्रीहरूको राजीनामासँगै सरकारको समर्थन पनि फिर्ता लिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077