Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्ड र ओलीपछि माधवलाई भेट्न कोटेश्वर पुगे राजेन्द्र लिङ्देन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पुगेका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाललाई भेटेपछि उनी कोटेश्वर पुगेका हुन् ।

मंगलबार साँझ उनी नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कोटेश्वरस्थित निवासमा पुगेको बताइएको छ । नेपाल केही दिनयता सामान्य बिरामी रहेका छन् ।

यद्यपि बिरामीका बिच उनले राजनीतिक भेटवार्तालाई समेत तीव्रता दिइरहेका छन् । सत्ता गठवन्धनमा माधव नेपाल विना बहुमत नपुग्ने देखिनुका साथै प्रदेशहरुमा पनि समस्या हुने देखेपछि प्रचण्ड र ओली फकाउन कोटेश्वर पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077