Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सडक कालोपत्रे गर्दा ३ लाख भ्रष्टाचार गर्ने इन्जिनियरसहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन शहरी तथा भवन निर्माण कार्यालय, राजविराजका प्रमुख इन्जिनियरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार ले तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार देवसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधुवापुरको वडा कार्यालयदेखि अर्जी टोलसम्म लगभग ३०० मिटर दूरीको सडक कालोपत्रे गर्दा अनियमितता गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

भ्रष्टाचार मुद्दा लाग्नेमा सीडीई देवसहित तत्कालीन इन्जिनियर मदन राय, सब–इन्जिनियर सरोजकुमार यादव र गुन्जा कन्सट्रक्सन, खडक–८, सप्तरीका प्रोपराइटर गोविन्दप्रसाद मण्डल छन् ।

प्राविधिक मूल्यांकनसहितको प्रतिवेदन निर्माण व्यावसायीहरूलाई ३ लाख ४७ हजार रुपैयाँ भुक्तानी दिएको देखिन आएकाले सीडीई कुमार देव,तत्कालीन इन्जिनियर राय र सव इन्जिनियर यादवविरुद्ध सोही रकम बराबरको बिगो ,कैद र जरिवाना मागसहित आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको आयोगका प्रवक्ता घिमिरेले बताए ।

यसैगरी गुन्जा कन्सट्रुक्सन सडक-८ सप्तरीका प्रोपाइटर गोविन्द प्रसाद मंडलले उक्त योजनाको सम्झौता पत्रमा सहीछाप गरी कार्य सुरू गरी निर्माण कार्य सम्पन्न भएको भनी ठेक्का बिल,बिल भर्पाइलगायत कागजात पेश गरेको तर शर्त एवं सम्झौता बमोजिमको कार्य नगरी भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी बढी मूल्यांकन गरी ३ लाख ३४ हजार बढि भुक्तानी लिने कार्य गरेको अख्तियारको ठहर छ। उनीविरुद्ध पनि सोही रकम बराबरको बिगो र सजाय माग दावी गरिएको अख्तियारले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077