Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध खारेज, अब चुनाव लड्न पाउने

एजेनसी । अमेरिकी सर्वोच्च अदालतले डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध खारेज गरेको छ ।

अदालतले सोमबार राष्ट्रपति चुनावका उम्मेदवार ट्रम्पमाथि लगाइएको प्रतिबन्ध खारेज गरेको हो ।

यस निर्णयको प्रतिक्रिया दिँदै ट्रम्पले यसलाई अमेरिकाको ठुलो जीत भनेका छन् ।

डिसेम्बरमा अमेरिकी राज्य कोलोराडोको अदालतले पूर्व राष्ट्रपति ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाएको थियो ।

त्यसो गर्दा, अमेरिकी संविधानको १४ औँ संशोधनलाई सन्दर्भ गरिएको थियो, जस अन्तर्गत सशस्त्र विद्रोहवादीहरूलाई राष्ट्रपति चुनाव लड्न प्रतिबन्ध लगाइएको छ। अब ट्रम्पले चुनाव लड्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077