Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टेरामक्स, एमडीएमएस र बिलिङमा गरी अर्बौंको भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना प्रविधि क्षेत्र र उपकरण खरिदमा ठूला र खतरनाक भ्रष्टाचार भइरहेको औंल्याएको छ।

सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउने नाममा नीति, कानुन, संरचना, जनशक्तिलगायतका आधारभूत पूर्वाधारसमेत तयार नगरी प्रतिस्पर्धा सीमित गरी सूचना, प्रविधि र उपकरण खरिद गर्दा ठूलो लगानीको दुरुपयोग भएको अख्तियारको ठहर छ।

आयोगले दूरसञ्चार क्षेत्रमा भएका ठूलाठूला भ्रष्टाचारको विरुद्धमा उजुरी पर्ने क्रम बढेको र त्यस्ता अनियमितताबारे गम्भीर छानबिन थालिएको जनाएको छ।

अख्तियारले दूरसञ्चार क्षेत्रमा भएको ठूलोमध्येको एक टेरामक्स खरिद अनियमितताको छानबिन अन्तिम चरणमा पुर्‍याइसकेको छ।

यसै गरी दूरसञ्चार क्षेत्रमै भएको अर्को ठूलो मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा भएको अनियमितताका बारेमा समेत अख्तियारले छानबिनलाई तीव्रता दिएको जनाएको छ। अख्तियारले एमडीएमएस खरिद प्रक्रियामा संलग्न दूरसञ्चार प्राधिकरणका अधिकांश उच्च अधिकारीसँग बयान लिइसकेको छ।

अख्तियारका अनुसार टेरामक्स खरिदमा प्राधिकरणले प्रचलित कानुनको उल्लंघन हुने गरी मिलेमतो गरी टेरामक्स प्रणाली खरिद गरेको पुष्टि भइसकेको छ। महँगोमा टेरामक्स प्रणाली खरिदको निर्णय गर्दा राज्यकोषमा १ देखि डेढ अर्ब रुपियाँको क्षति पुगेको बताइएको छ। नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077