Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माटोको ढिस्कोले पुरिएर युवकको मृत्यु

बाजुरा । बाजुरामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको जगन्नाथ गाउँपालिका–६ काप्रीमा बुधबार दिउँसो कालीकोट पलाता गाउँपालिका २ घर भएका १८ वर्षीय वीरेन्द्र सार्कीको मृत्यु भएको हो ।

सार्कीको जगन्नाथको काप्रीका आफ्ना भिनाजु दीर्घ सार्कीको घर निर्माण गर्न जग खन्ने क्रममा एक्कासि माथिबाट माटोको ढिस्कोले च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077