Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ऋण प्रवाहमा हिनामिना गरेको आरोपमा प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मनोज न्यौपानेलाई पक्राउ गरेको छ।

तत्कालीन सेञ्चुरी बैंकमा रहँदा ऋण प्रवाहमा अनियमितता भेटिएपछि उनलाई सीआईबीले पक्राउ गरेको हो।

न्यौपानेसहित यो प्रकरणमा ११ जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबी स्रोतले बतायो ।

कर्जा अपचलन गरेको आरोपमा लागेका न्यौपानेलाई राष्ट्र बैङ्कको आग्रहमा सीआईबीले पक्राउ गरेको हो।

न्यौपाने २०७८ सालमा सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। उनी उक्त वैकमा रहँदा भएको एक अनियमिततामा उनलाई पक्राउ गरिएको हो।

सेन्चुरी बैंक हालै मात्र प्रभुमा मर्ज भएको थियो। प्रभुले प्राप्ति गरेपछि मनोज न्यौपानेलाई डीसिईओ बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077