Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दलसम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभामा पेश

काठमाडौं । प्रतिनिधिसभामा ‘राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८०’ पेश गरिएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त विधेयक पेश गरेका हुन्।

मन्त्री श्रेष्ठले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को केही व्यवस्थाहरूमा अध्यादेशले संशोधन गरेको र सोपश्चात उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साविककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको सो विधेयक प्रतिनिधिसभा पेश गर्नुपरेको प्रष्ट्याए ।

उपप्रधानमन्त्री श्रेष्ठले पेश गरेको सो विधेयक प्रतिनिधिसभामा छलफल हुनेछ। प्रतिनिधिसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077