Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेदरल्यान्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले नेदरल्यान्ड्सविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

उनी हाल ७८ बलमा ५१ रन बनाएर खेलिरहेका छन् । आफ्नो इनिङ्समा उनले ५ चौका हिर्काएका छन् ।

अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा उनको आठौँ अर्धशतक हो । नेपालले ३१.४ ओभरमा ६ विकेटको क्षतिमा १ सय २ रन बनाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ गरेको छ ।

पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ४२ रनको साझेदारी गरेका थिए । थप ५४ रन जोड्दा ६ विकेट गुमायो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077