Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २९ हजार ६०६ पुग्यो

गाजा । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २९ हजार ६०६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।

पछिल्लो २४ घण्टामा इजरायली सेनाको आक्रमणबाट ९२ प्यालेस्टाइनीको मृत्यु भएको छ । १२३ जना घाइते भएका छन् ।

पछिल्लो गाजा युद्ध सुरु भएदेखि हालसम्म मृत्यु हुनेको संख्या २९ हजार ६०६ पुगेको छ भने ६९ हजार ७३७ जना घाइते भएका छन् ।

गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले जनाएअनुसार अक्टोबर ७ यता इजरायली सेनाको आक्रमणबाट १३२ प्यालेस्टाइनी पत्रकार मारिएका छन् ।

इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सिमानामा भएको हमासको हमलाको बदलास्वरूप प्यालेस्टाइनीविरुद्ध कडा आक्रमण जारी राखेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077