Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भक्तपुरबाट सम्पर्कविहीन भएका ढकाल मृत फेला

काठमाडौं । भक्तपुरमा एक जना पुरूष मृत फेला परेका छन्।

सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित वडा कार्यालय नजिकै एक गोठमा पुरूष मृत फेला परेका हुन् ।

मृतक तेह्रथुम छथर गाउँपालिका वडा नम्बर-२ घर भई सूर्यविनायक सिपाडोल बस्ने ३३ वर्षीय गोपालप्रसाद ढकाल छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार उनी बुधबार राति ८ बजे कोठाबाट तेल किन्न जाने भनेर निस्केका थिए।

तर उनी नफर्किएको भन्दै बिहीबार प्रहरी वृत्त जगाती भक्तपुरमा हुलियासहित निवेदन परेको थियो।

त्यसपछि खोजी गर्ने क्रममा शुक्रबार उनको शव फेला परेको हो ।

उनको शव स्थानीय रोशन बस्नेतको कच्ची इटा र माटोले बनेको दुई तले गोठको भुइँ तलामा परालले छोपेको अवस्थामा रगताम्मे फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उनको शरीरमा चोटहरू पनि रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077