Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बन्द रहेको नेपालकै पहिलो उद्योगमा कसले लगायो आगो ?

विराटनगर । बन्द अवस्थामा रहेको विराटनगर जुट मिल्समा आगलागी भएको छ । विराटनगर महानगरपालिका–१६ मा रहेको विक्रम संवत् १९९३ सालमा स्थापना भएको विराटनगर जुट मिल नेपालको पहिलो उद्योग हो । यद्यपी विराटनगर जुट मिल्स २०७८ साल माघदेखि भने बन्द छ ।

मंगलबार राति भएको आगलागीबाट २० लाख बराबरको क्षति भएको मोरङका प्रहरीले जनाएको छ । बन्द उद्योगमा कसरी आगलागी भयो भन्ने खुलेको छैन ।

‘आगो सुरु भएको स्थानमा विद्युत सर्ट हुनसक्ने सम्भावना नभएका कारण कसैले आगो लगाएको हुनसक्ने प्रहरीको अनुमान छ । मोरङ प्रहरीकाका अनुसार कसैले आगो लगाएको जस्तो देखिएको र घटनाको अनुसन्धान भइरहेको छ ।

बन्द अवस्थाको जुट मिलको ‘स्वप्नर ब्लिचिङ डिपार्ट’बाट राति ९ बजेतिर अचानक आगलागी सुरु भएको थियो ।

जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने डिपार्टबाट आगलागी सुरु भएको र बोरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ जलेको प्रहरीले जनाएको छ । मिलका दुई वटा पुराना मेसिनमा पनि क्षति पुगेको छ ।

पछिल्लो समय सरकारले बन्द रहेका उद्योग सुरु गर्न चासो देखाएपछि भारतीय व्यापारिक समूह बिड्ला ग्रुपले मिलको वस्तुस्थिति अवलोकन गरेको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र विराटनगर महानगरपालिकाका दमकलको सहयोगमा राती १ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077