Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अछाम जिप दुर्घटना अपडेट : एकको मृत्यु, तीनजना गम्भीर

अछाम । चौरपाटी गाउँपालिका-५ लुंग्रास्थित आमरुख नजिक भएको जिप दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डोटीको पूर्वीचौकी गाउँपालिका ४ का डेढ वर्षीय बालक ईशान खड्का रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार दुर्घटनामा घाइते १५ जनामध्ये उनको वयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै अन्य तीन जनाको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।

बुधबार बिहान लुंग्राबाट साँफेबर जाँदै गरे से १ झ ४२९ नम्बररको जिप अनियन्त्रित भएर दुर्घटना भएको थियो । बााकी घाइतेहरुको वयलपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077