Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभापति र महामन्त्रीबीच सहमति जुटेपछि खड्काको प्रतिवेदनबाट हट्यो गठबन्धनको कुरा

काठमाडौं । ठूलो रस्साकस्सीपछि सोमबार मध्यरातमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच गठबन्धन गर्न नहुने थापाको प्रस्तावमा सहमति जुट्यो ।

सभापति र महामन्त्रीको सहमति पछि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि आफ्नो प्रतिवेदन सच्याएका छन् ।

ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा मंगलबार बिहान उपसभापति खड्काले पेश गरेको नीति प्रतिवेदनमा गठबन्धनको विषय हटाएका हुन् ।

यसअघि केन्द्रीय समिति बैठकमा उपसभापति खड्काले पेश गरेको प्रतिवेदनमा अहिले दलहरूलाई गठबन्धन बनाउनै पर्ने बाध्यता रहेको उल्लेख थियो ।

खड्काले केन्द्रीय समिति बैठकमा पेस गरेको नीति प्रस्तावमा भनिएको थियो–‘राजनीतिक स्थिरतासहितको लोकतन्त्रका लागि कांग्रेसले आवश्यक नीति तय गर्नेछ। नेपालले मिश्रित निर्वाचन प्रणाली अंगीकार गरेका कारण संसदमा कुनै पनि दलको एकल बहुमत पुग्ने सम्भावना निकै कम छ । सरकार गठनकै लागि पनि गठबन्धन बनाउनैपर्ने बाध्यता रहेको अवस्थामा अस्थिरता निम्तिन सक्ने अवस्थालाई ध्यान दिँदै र विगतका अनुभवबाट पाठ सिक्दै आवश्यक नीति तय गरिनुपर्छ।’

तर मंगलबार महासमिति बैठकमा पेस भएको प्रस्तावमा यो अंश नै छैन। थापाको प्रस्तावमा कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले सहमति जनाएपछि राजनीतिक दस्ताबेजहरूमा एकरूपता दिन उपसभापति खड्काले गठबन्धनसम्बन्धी विषय आफ्नो प्रतिवदेनबाट हटाएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077